परिवार स्वास्थ्यको जिम्मेबारी डा. बिच्छालाई, सुदुर पश्चिममा डा. प्याकुरेल

0
Shares

नेपाली हेल्थ / काठमाडौँ-MoHP-Nepal

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाको निर्देशकको जिम्मेबारी डा. रामपदारथ (आरपी) बिच्छाले पाएका छन् । स्वास्थ्य मन्त्रालयको मंगलबारको मन्त्रीस्तरीय निर्णयले डा. बिच्छालाई सो जिम्मेबारी दिएको हो । यसअघि डा बिच्छा कान्ति बाल अस्पतालमा बालरोग विशेषज्ञको रुपमा कार्यरत थिए ।

यसैगरी मंगलबारको बैठकले सुदुरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशकको जिम्मेबारी डा. सुशील प्याकुरेललाई दिने निर्णय गरेको छ । पूर्वाञ्चल क्षेत्रीय निर्देशक रहँदा अख्तियारले आर्थिक हिनामिनाको आरोप लगाएपछि उनी केही समय निलम्वनमा समेत परेका थिए । छानवीनपछि केही महिना अघि मात्रै सफाई पाएका डा. प्याकुरेलले जिम्मेबारी पाएका थिएनन् ।

मन्त्रालय प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले मंगलबारको बैठकले एघारौँ तहको पदमा दुई जनाको जिम्मेबारी हेरफेर गरेको र केही अस्पतालका चिकित्सकहरुको समेत जिम्मेबारी हेरफेर गरेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *