भूकम्प प्रभावित सात जिल्लामा औषधि सहितका चिकित्सक खटाइदै

काठमाडौँ – चिसोका कारण सिविरमा बसेका भूकम्पपिडीतहरु विरामी पर्न थालेको खबर सार्वजनिक भएपछि सरकारले ती स्थानमा औषधि सहितका चिकित्सक खटाउने भएकोछ । स्वास्थ्य मन्त्रालयले मंगलबारबाटै पहिलो चरणमा भूकम्प प्रभावित ७ जिल्लामा औषधि सहितका चिकित्सक टोली खटाउन लागेको हो ।

फाइल तस्बिर
फाइल तस्बिर

सोमबार स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्पप्रभावित क्ष्ँेत्र तथा शितलहर प्रभावित क्षेत्रमा तत्काल उपचार व्यवस्था मिलाउन चिकित्सा सेवा महाशाखालाई जिम्मेबारी दिएको छ । सोही अनुसार महाशाखाले मंगलबारबाटै औषधि सहितको टोली खटाउने तयारी गरेको हो ।

महाशाखा प्रमुख डा. गुणराज लोहनीका अनुसार गोर्खा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछाप छन् । काठमाडौ, भक्तपुर ललितपुर र काभ्रेमा भने जिल्ला जनस्वास्थ्य कार्यालयले समन्वय गरी स्थानीय अस्पतालबाट स्वास्थ्यकर्मी खटाइनेछ ।

डा. लोहनीले ७ वटा जिल्लामा जाने चिकित्सकको टोलीमा एक विशेषज्ञ सहित एमविविएस डाक्टरहरुको टोली जाने बताए । उनले आवश्यकताका आधारमा ३ देखी ५ जनाको चिकित्सक टोली कम्तीमा एक साता सम्मकालागि जिल्ला जानेछन् ।

स्वास्थय सविच श्रेष्ठले अहिले भूकम्पप्रभावित क्षेत्रमा बढी समस्या भएको खवर आएकोले टोली त्यसतर्फ पठाइएको भन्दै देशका अन्यस्थानमा पनि समस्या देखिए तत्काल टोली परिचालन गरिने बताए ।‘यो भूकम्प प्रभावितका लागि मात्रै लक्षित होइन । जुनसुकै क्षेत्रमा
समस्या भएपनि जानेछ’ उनले भने ।

  • आजको नयाँ पत्रिकामा प्रकाशित समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *