भुटानी राजाद्धारा डा. रुइत सम्मानित
नेपाली हेल्थ/ काठमाडौँ-
बरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई भुटानका राजा जिग्मे केसर नामग्याल वाङचुकले सम्मान गरेका छन् । डा. राउतलाई भूटानमा गरेको सेवाको सम्मानमा ‘नेशनल अर्डर अफ मेरिट -गोल्ड’ द्धारा सम्मान गरिएको हो ।
डा. रुइतले सल्यक्रियाद्धारा मोतिविन्दुको उपचार गरी संसारभरका हजारौ र भुटानका सयौँ व्यक्तिको आँखाको गुमिसकेको ज्योति फर्काएको भन्दै सम्मान गरिएको हो ।आँखा उपचारमा अन्तराष्ट्रिय क्षेत्रमै ख्याति कमाएका नेपाली डाक्टर रुइत सन् २००० देखी भुटानका विभिन्न ठाँउमा पुगी आँखा उपचारमा खटिएका थिए । उनले विभिन्न ठाँउमा सल्यक्रिया कार्यक्रम तथा तालिमहरुको आयोजना गर्दै आएका थिए ।
डा. रुइतले भुटानमा पुगेर भविस्यमा पाठेघरको मुखको क्यान्सर नहोस भनेर १० बर्ष उमेरका बालिकाहरुलाई दिइने एचपीभी खोपको सुभारम्भ गरेका थिए । जसबाट कैयौँ महिलाहरुको पाठेघरको क्यान्सरहुनबाट बचाएको बताइएको छ ।
सम्मान पछि बोल्दै डा. रुइतले भुटान जस्तो देशमा आई सेवगर्न पाउदा गर्वलागेको बताए । उनले भने, ‘भुटान जस्तो देश जहाँ राम्रो सरकार, राजा र गजबका मानिहरु छन, यस्तो ठाँउमा मैले काम गर्ने अवसर पाउनु मेरो लागि सौभाग्यको कुरा हो ।’