सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रको बैठक काठमाडौँमा सुरु
नेपालीहेल्थ /काठमाडौँ –
सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रको दुईदिने बैठक शुक्रबार देखी राजधानीमा सुरु भएको छ । बैठकमा नेपाल सहित भारत पाकिस्तान अफगानिस्तान, मालदिप्स, बंगलादेश, भुटानबाट आएका प्रतिनिधिहरुको सहभागीता छ ।
बैठकमा श्रीलंका भने उपस्थित छैन । बैठकमा आगामी कार्यक्रमको खाका तयार गर्ने सम्बन्धमा छलफल केन्द्रित हुने बताइएको छ ।
अफगानिस्तानको अध्यक्षतामा भइरहेको बैठकमा क्षयरोग र एचआइभी÷एड्सविरुद्ध कार्यक्रम बनाई पारित गरिने केन्द्रले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



