सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रको बैठक काठमाडौँमा सुरु

नेपालीहेल्थ /काठमाडौँ –

सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रको दुईदिने बैठक शुक्रबार देखी राजधानीमा सुरु भएको छ । बैठकमा नेपाल सहित भारत पाकिस्तान अफगानिस्तान, मालदिप्स, बंगलादेश, भुटानबाट आएका प्रतिनिधिहरुको सहभागीता छ ।

बैठकमा श्रीलंका भने उपस्थित छैन । बैठकमा आगामी कार्यक्रमको खाका तयार गर्ने सम्बन्धमा छलफल केन्द्रित हुने बताइएको छ ।

अफगानिस्तानको अध्यक्षतामा भइरहेको बैठकमा क्षयरोग र एचआइभी÷एड्सविरुद्ध कार्यक्रम बनाई पारित गरिने केन्द्रले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *