सरकारले घोषणा गरेको ७० प्रकारका निशुल्क औषधि कहिले पाइन्छ ? कहाँ कहाँ पाइन्छ ? (औषधिको नाम सहित)

नेपाली हेल्थ / काठमाडौँ –

सरकारी स्वास्थ्य संस्थामा दिइदै आएको ४० प्रकारका निशुल्क औषधिको संख्या बृद्धि गरी ७० पुरयाएको ढेड बर्ष पुग्न लाग्यो तर जनताले औषधि अझै पाएका छैनन् । उनीहरुले कहिले सम्म औषधि पाउछन् भन्ने विषयमा सरकारका जिम्मेबार अधिकारीहरु नै अनविज्ञ छन् । तर निशुल्क पाइनेको सूचीमा कुन कुन औषधि परे भन्ने बारे भने नेपाली हेल्थलाई प्राप्त भएको छ । कुन कुन रोगमा प्रयोग हुन्छ भन्ने विज्ञले भने अनुसार तलको सूचीमा उल्लेख समेत गरिएको छ ।

अघिल्लो बर्ष १३ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले ४० प्रकारका औषधिको संख्या बढाएर ७० पु¥याउने निर्णय गरेको थियो । थपिएका अधिकांश औषधिहरु नसर्ने रोगका विरुद्ध रहेका छन् । मुटु, मधुमेह, उच्चरक्तचाप , मानसिक रोग सम्बन्धी, लेक लाग्ने समस्या(हाइ अल्टीच्यूट), दुखाइ कम गर्ने, युरीक एसिड, थाइराइड, मन्द दुखाइ, एलर्जी एन्टी फंगल तथा विभिन्न प्रकारका एन्टीवाइटिक औषधीहरु थपिएका छन ।

स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य तथा पुर्नजागरण महाशाखाका निर्देशक डा रमेश खरेलले निशुल्क औषधिको ढिलाई हुनुमा आपूर्ति महाशाखाको कमजोरी भएको बताउछन् । उनले औषधि खरीदको काम आपूर्ति व्यवस्थाले गर्ने भन्दै उताबाट जति छिटो औषधि आए जनताले उति छिटो औषधि प्राप्त गर्ने दावी गर्छन ।

उता आपूर्तिका निर्देशक डा भीमसिंह टिंकरी भने औषधि आउन अझै केही समय लाग्ने बताउछन । ‘दोहोरो खरीद नहोस भन्दै पुरानो मौज्दातको गडना गर्दा गर्दै पोहोर साल वित्यो । यसपटक पनि ढिला बजेट आएको छ । फेरी अहिले नाकाबन्दीको मार परेको छ ‘ उनले भने, ‘औषधि आउछ कहिले आउछ अहिल्यै भन्ने अवस्था रहेन ।’

डा. खरेलले थपिएका औषधि स्थानीय तहसम्म पुगेपछि झण्डै ८० प्रतिशत रोगका लागि जनताले औषधि किन्नु नपर्ने दावी गरे । ‘यसपटक सरकारले बास्तवमै महत्वपूर्ण औषधिहरु निशुल्क वितरणको थालनी गरेको छ । यसलाई राम्ररी व्यवस्थापन गर्न सके ग्रामिण क्षेत्रका जनताको ८० प्रतिशत बढी रोग निको हुन्छ ।

सरकारले हाल सम्म निशुल्क उपलब्ध गराउदै आएका सवै औषधीहरु २५ बेडसम्मका जिल्ला अस्पतालमा उपलब्ध हुने छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका र स्वास्थ्य चौकीमा ३८ प्रकारका औषधिरु निशुल्क उपलव्ध हुनेछन् ।

 निशुल्क  औषधि के – के छन ? के – के मा प्रयोग हुन्छन ?

tabal1 copy

tabal2 copy

tabal3 copy

tabal4 copy

tabal5 copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “सरकारले घोषणा गरेको ७० प्रकारका निशुल्क औषधि कहिले पाइन्छ ? कहाँ कहाँ पाइन्छ ? (औषधिको नाम सहित)

  1. नीशुल्क उपचार हुने राेगहरू र जटील राेगकाे नीमीत्त अनुदान दीइने रकमकाे मात्रा जानकारी दीनुभए अाभारी हुनेथीएँ । मेघनाथ बास्ताेला प्राध्यापक, महेन्द्ररत्न क्याम्पस ताहाचल(स्वास्थ्य र शारीरीक शीक्षा)

Leave a Reply to Megh Nath Bastola Cancel reply

Your email address will not be published. Required fields are marked *