महासंघको सदस्यमा केमसान अध्यक्ष हमाल बिजयी

एपोन अध्यक्ष अधिकारीको मत बराबर
76
Shares

काठमाडौँ, २३ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्यमा रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) अध्यक्ष भक्तबहादुर हमाल विजयी भएका छन् ।

नयाँ नेतृत्व छनौटका लागि हिजो सम्पन्न निर्वाचनबाट सदस्यमा उम्मेदवारी दिएका हमाल विजयी भएका हुन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा भने नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

निर्वाचनमा खसेको कुल मतमध्ये विजयी उम्मेदवार श्रेष्ठले ६३ मत प्राप्त गरे भने घिमिरेले ६० मत प्राप्त गरेका छन्।
मंगलबार भएको निर्वाचनमा वस्तुगत समूहतर्फ २६ जना उमेदवारमध्येबाट १३ जना विजयी भएका छन् ।

विजयी हुने उमेदवारहरुमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान,संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरेले जितेका छन् ।

४ जनाको भने मत बराबरी (५०-५० मत) भएका कारण चिठ्ठा प्रणालीबाट मत घोषणा गरिने भएको छ ।

चिठ्ठा प्रणालीमा जानु पर्ने अवस्थामा सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने छन् । यी मध्येबाट दुई जनाले जित्ने छन् ।

अधिकारी नेपाल औषधी उत्पादक संघका अध्यक्ष हुन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *