होस गर्नुस ! सार्वजनिक स्थलमा बसी धूमपान गर्दा पक्राउ परिएला

धूमपान नियन्त्रणका लागि काठमाडौँ प्रहरीको प्रशंसनीय कार्य सुरु

धूमपान तथा लागु औषध नियन्त्रणका लागि काठमाडौँ प्रहरीले खडा गरयो विशेष दस्ता

A woman smokes a cigarette on September 6, 2012 in Paris. AFP PHOTO ERIC FEFERBERG (Photo credit should read ERIC FEFERBERG/AFP/GettyImages)

काठमाडौँ, २५ कात्तिक

युवा पुस्तालाई कुलतको नशाबाट बचाउने उदेश्यले काठमाडौँ प्रहरीले मंगलबारदेखि नयाँ कार्यक्रम सुरु गरेको छ । सार्वजनिक स्थलमा चुरोट, गाँजा तथा लागुऔषध सेवन गर्नेहरुलाई पक्राउ गर्न प्रहरीले करिब दुईसय प्रहरीलाई परिचालन गरेको छ ।

अब सार्बजनिक स्थानमा धूमपान गर्नेलाई पनि पक्राउ गरिनेछ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विक्रमसिंह थापाले भने, ‘भावी पुस्तालाई कुलतबाट बचाउन हामीले यो कार्यक्रम गरेका हौँ ।’

परिसरले धूमपान तथा लागु औषध नियन्त्रण दस्ता सार्वजनिक गरेको छ । प्रहरीको क्युआरटी टिमको अवधारणालााई थप परीमार्जन गरी धूमपान र लागूऔषध नियन्त्रणमा पनि खटाउन लागिएको एसएसपी थापाले बताए ।

सार्वजनिक स्थलमा धूमपान गर्न कानुनले समेत निषेध गरिसकेको छ । सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गरेको हो । सोही कानुनलाई प्रहरीले कार्यान्वयन गर्न खोजेको हो ।

लागुऔषध दुव्र्यसनीमा फस्ने धेरै युवायुवतीले सुरुमा चुरोठ सेवनबाट कुलतमा लाग्ने भएकोले त्यहिबाट नियन्त्रण गर्न यो अभियान थालिएको एसएसपी थापाले बताए । उनले शहरीक्षेत्रमा धेरै युवायुवतीहरु कुलतमा फस्दै गएकाले भावी पुस्तालाई सुधार गर्नका लागि अभियान सुरु गरिएको बताए । उनले कार्यालय परिषरमा धूमपान गर्नेलाई समेत पक्राउ गर्न निर्देशन दिएको बताए ।

धूमपान विरुद्धको अभियानका लागि परिषरले फिल्डमा खटिने प्रहरीलाई मोटरसाइकलमा गस्ती गर्ने र सहरका भित्री गल्लीमा समेत गएर निगरानी गर्ने जिम्मेबारी दिइएको छ । खासगरी एकान्तस्थमा बसेर लागुऔषध सेवन गर्ने भएकाले त्यस्ता ठाँउमा प्रहरीले निगरानी बढाउनेछ ।

धूमपान तथा सूर्तिजन्य पदार्थबाट मात्रै बार्षिक २५ हजार भन्दा बढी नेपालीले ज्यान गुमाउने गरेका छन् । त्यस्तै रोग लागि उपचार गर्दा घरबार र सम्पती गुमाउनेको संख्या अत्यन्त ठूलो छ । सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार बर्ष अघि ल्याएको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८को पूर्ण कार्यान्वनय नहुँदा अहिले पनि कतिपय सार्वजनिक स्थलमा खुलेआम धूमपान गर्नेको कमी छैन ।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *