राष्ट्रिय परिवार योजना सम्मेलन गर्दै सरकार

काठमाडौँ, ३ फागुन । राष्ट्रिय परिवार योजना सम्मेलन हुने भएको छ । परिवार नियोजनको सेवा बाहिर रहेका आम नागरिकलाई सेवाको पहुँच भित्र ल्याउने उद्धेश्यले पहिलो पटक यो सम्मेलन गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको आयोजनामा आगामी ४ र ५ चैतमा काठमाडौँमा हुने सम्मेलनमा ३ सय बढीको सहभागिता हुने बताइएको छ ।

‘परिवार नियोजनको साधन प्रयोग गर्ने दर बढेर ५३ प्रतिशत पुगेपनि आधुनिक साधन प्रयोग दर ४३ प्रतिशत छ र यो केही बर्ष देखि स्थिर छ ।  यी कुराले परिवार योजनाको कार्यक्रमम लक्षित बर्गसम्म अझै पुग्न नसकेको संकेत गर्दछ । यहि विषयमा छलफल गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो,’ परिरवार कल्याण महाशाखाका प्रमुख डा. आरपी विच्छाले भने ।

सम्मेलनमा परिवार योजना सम्वन्धी सामुदायिक तथा संस्थागतरुपमा भएका रचानात्मक प्रयोग, विधि तथा अध्ययन अनुसन्धानबारे कार्यपत्रहरु प्रस्तुत हुने सम्मेलन आयोजक समितिका सदस्य सचिव कविता अर्यालले बताइन ।

उनले ओरल तथा पोष्टर गरी करीब ५० वटा प्रस्तुतिकरण हुने बताइन । सम्मेलन दरबारमार्गस्थित होटल याक एण्ट यतिमा हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *