४० महिना अघिको मुद्धा, २८ पटक पेशी तर भएन फैसला…

काठमाडौँ, २३ मंसिर । सर्बोच्च अदालतले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागलाई चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देशले ढाक्नुपर्ने व्यवस्थाको माग राख्दै ४० महिना अघि दायर रिटको फैसला आज पनि हुन सकेन । अर्को पेशी आगामी २० माघका लागि तोकिएको छ ।

अधिवक्ता हुतराज कोइरालाले १६ भदौ २०७२ र एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले ३ चैत २०७२ मा छुट्टा छुट्टै रिट दायर गरेका थिए । तर सर्बोच्चले पछि एउटै विषयको मुद्धा भनेर एउटै बास्केटमा हालेर पेशी तोक्न थालेको थियो । आज २८ औं पटक पेशी हो ।

पछिल्लो चार पटकको पेशी हेर्दा हेर्दैमा राखिएको छ । न्यायधीशद्धय चोलेन्द्र शम्शेर जवरा र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले अघिल्ला पेशीमा समेत दिनभर बहस गरेकाले आजको पेशीमा फैसला हुने अपेक्षा थियो । तर यो पटक पनि अपेक्षा अनुसार फैसला आउन सकेन । सर्बोच्चले अहिले पनि यो मुद्धालाई हेर्दा हेर्दैको अवस्थामा राखेको छ ।

बार्षिक २५ हजार बढी नेपालीको ज्यान लैजाने सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०६८लाई संसोधन गरी १४ कात्तिक २०७१ मा नयाँ निर्देशिका जारी गरेको थियो । सो अनुसार सूर्तिजन्य पदार्थको प्याकेटमा ७५ प्रतिशत चेतावनीमुलक चित्रअंकित सन्देशलाई बढाएर ९० प्रतिशत पुरयाइएको थियो ।

यसको उदेश्य नयाँ पुस्तालाई सूर्तिजन्य पदार्थको कुलतबाट जोगाउनु थियो र सामाजिक तथा आर्थिक रुपमा ध्वस्त हुँदै गएको परिवार बचाउनु थियो । जनताको स्वास्थ्यसंग जोडिएको विषयलाई सर्बोच्चले समेत अग्राधिकारका साथ हेर्नुपर्ने जन अपेक्षा विपरित यो मुद्धा लम्विएको लम्बियै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *