‘सीपीडी’ तालिमका बारेमा डाक्टरका ‘सोसाइटी’संग छलफल गर्दै मेडिकल काउन्सिल

काठमाडौँ, १४ मंसिर ।  नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुका लागि सीपीडी (कन्टिन्युअस प्रोफेसनल डेभेलपमेन्ट) तालिमका बारेमा मेडिकल प्रोफेसनल सोसाइटीसंग छलफल गरेको छ ।

केही महिना भित्रै लागू हुने तयारीमा रहेको यो तालिमलाई पेशागत समूहसंग कसरी समन्वय गर्ने भनेर छलफल गरेको हो ।

काउन्सिल अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले अनिवार्य रुपमा लिनुपर्ने सीपीडी तालिमलाई चिकित्सकहरुको पेशागत सोसाइटीसंग ‘टाइअप’  गरेर लैजाने तयारी स्वरुप कार्यक्रम आयोजना गरिएको बताए । ‘यसको करिकुलम तयार भइसकेको छ, प्रशिक्षक प्रशिक्षण समेत केही तयार भइसकेको छ । केही हुने क्रममा छ । अव यसलाई कार्यान्वयनमा ल्याउन विभिन्न सोसाइटीसंग समन्वय गर्न जरुरी छ । त्यसैको तयारी हो यो,’ डा. बास्कोटाले भने ।

उनले उपत्यका र उपत्यका बाहिर समेत प्रशिक्षक तयार गरी तालिमको शुरुवात गर्ने तयारी भएको बताए ।

नयाँ व्यवस्था अनुसार सीपीडीमा एउटा चिकित्सकले पाँच बर्ष भित्र १०० नम्बर ल्याउन पर्छ । त्यसका लागि सम्मेलन, आर्टिकल, रिसर्च लगायतका गतिविधिमा सहभागी भएको नम्बर समेत जोडिनेछ ।

सीपीडी कोर्ष डिजाइन गर्ने टोलीका एक जना सदस्य प्राडा सुदीप आचार्यका अनुसार चिकित्सकले अनिवार्य लिनुपर्ने तालिममा बेसीक लाइफ सर्पोटको तालिम, मेडिकल इथिक्स एण्ड कम्युनिकेशन स्कील, इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल, ¥यासनल युज अफ ड्रग एण्ड डायग्नोस्टिक, मेडिकल इमरजेन्सी इन डेन्टल प्राक्टिस लगायतका विषयहरु समेटिएका छन् ।

‘एउटा चिकित्सकले इमरजेन्सी अवस्थामा वेसीक लाइफ सपोर्ट कसरी गर्ने ?  मेडिकल पर्सनलको इथिक्स के हुने , कम्युनिकेशन कसरी गर्ने ? इन्फेक्सन कसरी नियन्त्रणमा ल्याउने, औषधि र परीक्षणका बारेमा कसरी निर्णय लिने ?  डेन्टल तर्फ उपचारका लागि आएको विरामीलाई अर्को रोगले समात्यो भने तत्काल के गर्ने ? आदि कुराहरुलाई समेटेर डिजाइन तयार भएको छ । त्यसमा तालिम लिनुपर्छ,’ प्राडा आचार्यले भने ।

‘मुख्य त यसको उदेश्य चिकित्सकहरु अपडेट भै राखुन । जनताले गुणस्तरीय सेवा पाइराखुन भन्ने नै हो । अहिलेको व्यवस्थामा एक पटक लाइसेन्स लिएपछि अरु अनिवार्य रुपमा केही गर्नु पर्दैन । तर सीपीडी भने पाँच पाँच बर्षमा दोहोरिन्छ,’ सीपीडी कोर्ष तयार गर्न गठित विज्ञ टोलीका एक जना सदस्य प्राडा शशी शर्माले भने ।

उनले यो तालिमपछि बिरामी र चिकित्सकबीचको सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्ने बताए । ‘यसमा अपडेट हुने कुरा मात्रै छैन । विरामीसंग कसरी कुरा गर्ने भन्ने बारेमा पनि सिकिन्छ । यसले अहिले देखिने गरेका कतिपय समस्याको पनि दुर गर्न मद्धत गर्छ,’ उनले भने ।

सीपीडीको पाठ्यक्रम तयार गर्न काउन्सिलका तर्फबाट प्राडा आचार्यसंगै डा अंकुर साह समेत सदस्य थिए । काउन्सिल बाहिरबाट विज्ञका रुपमा प्राडा रमेशकान्त अधिकारी, प्राडा शर्मा र डा. सुशील कोइराला क्रियाशिल थिए ।

आजको छलफलमा उपाध्यक्ष डा नारायणविक्रम थापाले फेलोसिपको बारेमा र प्राडा रमेशकान्त अधिकारी इथिक्स र मेडिकल प्राक्टिसको बारेमा प्रस्तुति दिएका थिए ।

यो पनि हेर्नुहोस्……………………

चिकित्सकलाई ‘लाइसेन्स’ मात्रै होइन अब ‘सीपीडी’ पनि अनिवार्य

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *