आइओएमको ‘काउन्सिलिङ’ विरुद्धमा विद्यार्थीहरुको धर्ना, पदाधिकारीहरुले चलखेल गरेको आरोप

काठमाडौँ, २४ कात्तिक । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले यसपटक लिएको र लिदै गरेको ‘ओपन हाउस काउन्सिलिङ’ समेत विवादमा परेको छ । विद्यार्थीहरुले भोलिबाट हुने भनिएको काउन्सिलिङ विरुद्ध आजै देखि आइओएम कार्यालय अगाडी धर्ना दिएका छन् ।

दशै अघि शुरु भएको काउन्सिलिङबाट छनौटमा परेका परेका विद्यार्थीहरु तोकिएका कलेजमा भर्ना हुन नगएपछि आइओएमले गत २० कात्तिकमा सूचना जारी गर्दै आइतबार नयाँ विद्यार्थीलाई (२५ कात्तिक)मा काउन्सिलिङमा आउन सूचना जारी गरेको छ । सो सूचनामा त्रिवि अन्तरगर्तका विभिन्न ८ वटा कलेजमा ४७ वटा सिट एमबीबीएस र २९ वटा सिट डेन्टल तर्फ खालि रहेको उल्लेख छ ।

मेरिट लिष्टको अगाडी नाम हुने विद्यार्थीलाई यस्तो अवसर नदिने र लिष्टको पछाडी हुने विद्यार्थीलाई यति धेरै कलेजमा अवसर राखिएको भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका हुन् ।

‘हामीलाई सुरुमा जानकी मेडिकल कलेज र नेशनल मेडिकल कलेज बीरगञ्जका लागि मात्रै अंसन राखियो । अव पछाडी नाम भएकालाई विभिन्न ८ वटा कलेजमा अवसर दिइएको छ । हामीले ती कलेजमा भर्ना पाएनौँ तर कम नम्बर ल्याउने विद्यार्थीले अवसर पाउने भयो । यो हामी माथिको अन्याय हो,’ आइओएम अगाडी धर्नामा सहभागी एक छात्राले बताइन ।

उनले आफूहरु आइओएमले विभेदकारी नीति तत्काल खारेज नगर्दासम्म आन्दोलनमा रहने बताइन् ।

उनीहरुको आन्दोलनमा महाराजगञ्ज क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको संस्था युथफर इक्वालिटीले समर्थन गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *