आज विश्व फर्मासिस्ट दिवस, विविध कार्यक्रम गरी मनाइदै

काठमाडौँ, २५असोज ।  आज फर्मासिस्टहरुको विशेष दिन २५ सेप्टेम्बर अर्थात “ विश्व फर्मासिस्ट दिवस । ‘फर्मासिस्ट : तपाईको औषधि विशेषज्ञ’ भन्ने मुल नाराको साथ् यस वर्ष नेपाल लगाएत विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाईदै छ ।

बिरामीको उपचारको निम्ति जति डाक्टरको भूमिका हुन्छ त्यति नै महत्वपूर्ण भूमिका फर्मासिस्टको पनि हुन्छ हुन्छ भन्ने सन्देश दिने नारा यसवर्ष तय गरिएको हो ।

विश्व फार्मेसी दिवसको अवसरमा आज काठमाडौँ सहित विराटनगर, नेपालगञ्ज, र बीरगञ्ज लगायतका स्थानमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ ।

दिवसकै अवसरमा काठमाडौँ विश्वविद्यालय फोरम फर फार्मेसीले विभिन्न कार्यक्रमहरु गरेको छ । जसअनुसार सोमबार (हिजो) बडी मास ईन्डेक्स मापन गर्ने, रगतमा चिनीको मात्रा मापन गर्ने, ब्लड प्रेशर मापन गर्ने, चिनी रोग लागेको विरामीहरुले ईन्सुलिन ईन्जेक्सन कसरी दिने साथै खानपान र व्यायाममा कसरी ध्यान दिने लगाएत जनचेतनामुलक प्रशिक्षण दिएको थियो ।

उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस धुलिखेलमा अध्यनरत विद्यार्थी, शिक्षक, स्थानीय बासिन्दाहरु सहभागी थिए ।

यसै गरी कलेजमा सोमबार नै फार्मेसी विभागका व्याचलर तहमा अध्यनरत विद्यार्थीहरुबीच स्लोगन लेख्ने, फार्मा कार्टुन बनाउने प्रतियोगिताको आयोजना गरिएको थियो ।

यसैबीच दिवसको अवसर पारी लेट्स वाक फर द वयलफेर अफ फार्मेसी प्रोफेसन “भन्ने मूल नाराको साथ काठमाडौँ विश्वविद्यालय परिसर धुलिखेलमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

प्रभातफेरीमा हरेक अस्पतालले आफ्नै फार्मेसीसंचालन गर्नु पर्ने नियम कार्यान्वयनमा लिएर आउनुपर्ने, औषधि बिक्री फर्मासिस्टले मात्र गर्नुपर्ने , गुणस्तरीय स्वास्थ्य सेवा फार्मेसीको टेवा, अवैध औषधि पसल बन्द गर, ईजाजत प्राप्त फार्मेसिस्ट र फार्मेसीबाट मात्र औषधि लिने बानि बसालौ लगाएतका नाराहरु लेखिएको पप्लेट सहित विद्यार्थीहरु सहभागी भइको विश्वविद्यालयका फर्मासिस्ट निरज बर्तौलाले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *