सिंहदरबारमा निशुल्क स्वास्थ्य शिविर, १३० जना कर्मचारीको परीक्षण

काठमाडौँ, २१ भदौ । निजामती सेवा दिवसको अवसरमा सिंहदरबारस्थित हेल्थ डेक्सले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । दुई दिने उक्त शिविरको पहिलो दिन आज १३० जना कर्मचारीले स्वास्थ्य परीक्षण गराएका थिए ।

उक्त शिविरमा ६० जनाको मधुमेह जाँच, ५० जनाले इको, ५५ जनाको इसिजि गरिएको थियो ।

हेल्थ डेक्स प्रमुख दीपक मुडभरीका अनुसार शिविरमा जाँच गर्न आउनेमध्ये अधिकांशको उच्चरक्त चापको समस्या थियो । शिविरमा जाँच गर्न आएका मध्ये २० जनालाई उच्चरक्तचापको औाषधि खानुपर्ने र १५ जनामा मधुमेहको औषधि खानुपर्ने अवस्था देखिएको थियो ।

शिविरका लागि वीर अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट विशेषज्ञ चिकित्सक आएका थिए । सिंहदरबार परिषरमा निशुल्क शिविर शुक्रबार ( भोलि ) पनि चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *