‘मेडिकल टुरिजम’ विस्तार गर्न नेपाल मेडिसिटी र ट्राभहिलबीच सम्झौँता

काठमाडौँ, ४ साउन ।  नेपालमा मेडिकल टुरिजमलाई विस्तार गर्न नेपाल मेडिसिटी हस्पिटल र ट्राभहिल डटकमबीच सम्झौँता भएको छ । सम्झौँता अनुसार ट्राभहिलबाट नेपाल आउने विदेशी पर्यटक तथा यसको सम्पर्कका विदेशमा रहने नेपालीहरुको मेडिसिटी हस्पिटलमा सहज उपचार हुनेछ ।

‘नेपाल विश्वमै सस्तो उपचार सेवा उपलव्ध गराउने देशमध्येको एक हो । तर यहाँको उपचार सेवा उत्कृष्ठ छ । त्यसैले हामीले अन्तराष्ट्रिय स्तरको अस्पताल मेडिसिटीसंग यो सम्झौँता गरेका हौँ,’ ट्राभहिलका प्रमुख कार्यकारी अधिकृत द्रोण श्रेष्ठले भने ।

उनका अनुसार ट्राभहिलले अब नेपाल घुम्न आएका पर्यटक संगसंगै नेपालमा न्युन शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिन्छ भन्ने सन्देश फैलाउनेछ । त्यस्तै श्रमका लागि विदेशमा रहेका लाखौँ नेपालीलाई स्वास्थ्य सम्वन्धी समस्या पर्दा मेडिसिटीमा उपचार गर्न मिल्ने व्यवस्था मिलाउनेछ ।

‘सरकारी तत्थ्याकंले नै ४० लाख बढी नेपाली श्रमका लागि विदेशमा छन भनेको छ । त्यसमध्ये आधा बढी खाडी मुलुकमै छन् । ती मध्ये सयौँ नेपाली काम गर्ने क्रममा विरामी वा दुर्घटनामा परेर विदेशका अस्पतालमा महंगो शुल्कमा उपचार गराईरहेका छन् ।अब हामी त्यो उपचार नेपालमै गराउन चाहन्छौँ । कम्पनी र इन्स्योरेन्ससंग मिलेर लामो समय अस्पताल बस्न पर्ने नेपालीलाई नेपालमै पठाउने र मेडिसिटीमा उपचार गर्ने व्यवस्थ ागर्न खोजेका छौँ,’ श्रेष्ठले भने ।

सम्झौँता पत्रमा मेडिसिटीका तर्फबाट महाप्रवन्धक बिजय रिमाल र ट्राभहिलका तर्फबाट श्रेष्ठले सम्झौँता पत्रमा हस्ताक्षर गरे ।
सो अवसरमा बोल्दै मेडिसिटीका महाप्रवन्धक विजय रिमालले समेत ट्राभहिलले नेपालमा भित्राउने पर्यटकहरुको उपचारका लागि अस्पताल हरपल तयार रहेको बताए ।

यो सम्झौता अनुसार नेपाल मेडिसिटी टाभहिलको हस्पिटल पार्टनर रहने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “‘मेडिकल टुरिजम’ विस्तार गर्न नेपाल मेडिसिटी र ट्राभहिलबीच सम्झौँता

Leave a Reply

Your email address will not be published. Required fields are marked *