अब हरेक जिल्लामा स्वास्थ्य सेवा समन्वय समिति

काठमाडौँ, २७ असार । स्थानीय तहमा दिइने स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन समन्वय गर्न सरकारले हरेक जिल्लामा स्वास्थ्य सेवा समन्वय समिति गठन गर्ने तयारी गरेको छ ।

जिल्ला अस्पतालको एउटा भित्र एउटा शाखाको रुपमा रहने सो समितिले स्थानीय पालिकाहरुमा खोप, औषधि, उपकरण लगायतका आपूर्ति व्यवस्थापनसंग सम्वन्धित विषयको व्यवस्थापन गर्ने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको सो संरचनामा १ जना हेल्थ असिस्टेन्ट, १ जना तथ्यांक सहायक, १ जना स्टोर सहायक र एक जना कोल्ड चेन सहायकको दरबन्दी हुने उल्लेख छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले साउन १ देखि जिल्लामा अहिलेको संरचना नहुँदै गर्दा स्वास्थ्य सेवामा अलमल नहोस भन्नका लागि समन्वय गर्न नयाँ संरचनाको प्रस्ताव गरिएको बताए । उलने भने,  ‘यो संयन्त्रले जिल्ला पालिका तथा प्रदेशसग समन्वय गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुरयाउँछ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *