डा. यादवमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौँ, ३० जेठ । नेपाल चिकित्सक संघले जनकपुर अञ्चल अस्पतालका मडिकल सुपरिटेन्डेण्ट डा. रामपरिक्षण यादवमाथि गरिएको दुव्यवहारप्रति भत्सर्ना गर्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ।

संघले आज विज्ञप्ति जारी गर्दै  दोषीलाई कारबाही नभए स्वास्थ्य सेवा प्रदान रोक्न सक्ने चेतावनी समेत दिएको छ।‘जनकपुर अञ्चल अस्पतालका मडिकल सुपरिटेन्डेण्ट डा. राम परिक्षण यादवज्यू माथी अस्पताल परिसरमै गरिएको दुव्यवहारप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ, संघका महासचिव डा लोचन कार्कीद्धरा जारी विज्ञप्तिमा भनिएको छ, ‘ तसर्थ त्यस्ता कार्यमा संलग्नहरुलाई कडा कारवाही नगरिएको खण्डमा असुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने परिस्थितिप्रति सरोकारवाला निकायले गम्भिर रुपमा मनन गर्न यस संघ आग्रह गर्दछ।’

मेसु डा. रामपरीक्षण यादवलाई युवाहरुको एक समूहले आइतबार दिउसो अस्पताल परिसरको  उनकै कार्यकक्षमा कालोमोसो दलेका थिए।

संघले स्वास्थ्य सेवा जस्तो संवेदनशिल सेवामा कार्यरत चिकित्सकहरुमाथी बारम्बार यस्तो प्रकारका निन्दनीय व्यवहारले स्वास्थ्य संस्थाको वातावरणलाई खलल पुगेको भन्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई तत्काल समय सापेक्ष परिमार्जन गर्दै उक्त ऐन तथा नियमावलीमा बिना धरौटी जेल चलानको प्रावधान ल्याउन पनि माग गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *