जनस्वास्थ्यकर्मीको ‘सुपरभाइजर’ तालिम सम्पन्न

काठमाडौँ, १३ माघ ।  जनस्वास्थ्यकर्मीको स्तरबृद्धिका लागि आवश्यक ६ महिने सुपरभाइजर तालिम शुक्रबार सम्पन्न भएको छ । स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले उपलव्ध गराएको सो तालिममा स्वास्थ्य सेवा अन्तरगर्तका छैैटौँ र सातौँ तहका गरी ४५ जनाको सहभागिता थियो ।

तालिममा सहभागीहरुलाई दुई महिना सैद्धान्तिक ज्ञान र अरु चार महिना प्राविधिक ज्ञान सिकाइएको थियो । तालिमका दौरानमा हरेक सहभागीर्लाई लघु परियोजना बनाउन लगाइएको थियो ।

तालिम केन्द्रका निर्देशक श्रीकृष्ण भट्टले जनस्वास्थ्यकर्मी स्तरबृद्धिका लागि तालिम उपलव्ध गराएको बताए । उनले केन्द्रको नियमित तालिका अनुसार तालिम उपलव्ध गराएको बताए । यो खासमा सुपरभाइजर तालिम हो । छैटौँ र सातौँ तहका साथीहरु हुनुहुन्थ्यो । भट्टले भने ।

समापनका अवसरमा आयोजित कार्यक्रममा तालिममा सहभागीहरुले तालिम भत्ता निकै कम भएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए । दैनिक २५० रुपैयाँ उपलव्ध गराउँदा त्यसले खाजा समेत नपुग्ने भन्दै भत्ता बढाउन माग गरेका हुन् ।

सो अवसरमा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. तारानाथ पौडेलले सीप मुलक तालिमलाई स्वास्थ्य सेवा अभिबृद्धिमा लगाउन जनस्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । उनले तालिमले स्वास्थ्य सेवा सुध्रिडिकरणमा सहयोग पुग्ने बताए । कार्यक्रममा तालिम केन्द्रका निर्देशक भट्ट, पूर्व निर्देशक बालकृष्ण सुवेदी लगायतले बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *