जुम्लामा मातृशिशु निगरानी परियोजना सञ्चालन गरिने

जुम्ला, १ पुस । कर्णालीका आमा र बच्चाको स्वास्थ्य अवस्था सुरक्षित राख्न जुम्लाबाट “मातृशिशु निगरानी तथा प्रतिकार्य” परियोजना लागू गर्न लागिएको छ ।

यूनिसेफको सहयोगमा नेपाल सरकार, स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखा, जिल्ला स्वास्थ्य कार्यालय जुम्लाद्वारा “मातृशिशु निगरानी तथा प्रतिकार्य” परियोजना एकसाताभित्रै शुरु गरिने भएको छ ।

गर्भवती भएको समयमा आमा र बच्चाको मृत्यु हुन नदिन र मृत्यु भए किन र कसरी भएको भन्ने कारण पत्ता लगाइ त्यसको रोकथाम गर्न यो परियोजना लागू गर्न लागिएको महाशाखाका नर्सिङ अधिकृत केशु काफ्लेले बताए । सो परियोजना लागू गर्नका लागि शुक्रबार यहाँ एक अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो ।

“परियोजना अन्तर्गत भावी दिनमा घटना हुननदिन घटना भइसकेपछि हामी कमजोरी खोतल्छौं र त्यसको रोकथाम तथा समाधानमा जोड दिन्र्छौं,” अधिृकत काफ्लेले भने । हरेक मृत्युले गणना हुनु पाउनुपर्छ भन्दै अधिकृत काफ्लेले कर्णालीका दुर्गम जिल्लाका ग्रामीण भेकका आमाहरुले मृत्यु भइसकेपछि समेत गणना हुने अधिकार नपाएको टिप्पणी गरे ।

अभिमुखीकरणका सहभागीले सामाजिक जनचेतनाको कमी, गरिबी, स्वास्थ्यकर्मीको लापरबाही, औषधिको अभाव, भौगोलिक दुर्गमता र शीघ्र सेवाको व्यवस्था नहुँदा यहाँका गर्भवती आमा र शिशुले अकालमा ज्यान गुमाउनु परेको कुरा औंल्याएका थिए । यसमा स्वास्थ्य निकायबाट मात्र यो अभियान पूरा नहुने भन्दै सरोकारवाला निकायलाई सहयोग गर्न अपिल गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडलले कर्णालीको आमा र शिशुको स्वास्थ्य अवस्था सुरक्षित गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मिडवाइफेरि कार्यक्रम शुरु हुन थालेको जनाए । उनले यो कार्यक्रमका विषयमा स्थानीय तहका जनप्रतिनिधिलाई पनि अभिमुखीकरण गर्नुपर्ने सुझाव दिए ।

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख अंगदबहादुर शाहीले गत वर्ष गर्भवती एउटा आमाको मृत्यु भए पनि यो वर्ष कुनै त्यस्तो घटना नघटेको जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *