झण्डै सवा अर्बको मेडिकल उपकरण खरीद गर्दै बीर अस्पताल

काठमाडौँ, १० मंसिर । बीर अस्पतालले चालु आर्थिक बर्ष भित्र १ अर्व १२ करोड रुपैयाँ बढीको मेडिकल उपकरण भित्रयाउने भएको छ । अस्पतालबाट अत्याधुनिक मेसिनबाट गुणस्तरीय सेवा उपलव्ध गराउने योजना अनुरुप सो रकमबाट उपकरण खरीद गरिएको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का उपकुलपति प्राडा गणेश गुरुङले स्वास्थ्य मन्त्रालयले प्राप्त विशेष बजेटबाट आफूहरुले चाहिने अत्यावश्यक सबै उपकरण खरिद गरेको बताए । उनले खरीद भएका ४० प्रतिशत उपकरण भित्रिइसकेको र बाँकी ६० प्रतिशत आउने क्रममा रहेको बताए ।

उनले अहिले खरीद भएका उपकरण जडान भइसक्दा बीरका सबै विभागहरु अत्याधुनिक उपकरण सम्पन्न हुने दावी गरे । गरीबहरुको अस्पतालको रुपमा परिचित बीर अस्पतालमा उपकरण नभएको र भएको पनि विग्रिने गरेको बताइदै आएको थियो ।

पछिल्लो केही बर्षयता भने बीरले सो आरोपमा कमी ल्याउदै गएको छ । यसपटक खरीद भएको उपकरणले सो आरोपलाई निमिट्यान्न पार्ने विश्वास गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *