चिकित्सक माथि हातपात गर्ने इन्सपेक्टरलाई विभागीय कारबाही गर्न सिफारिस

सुनसरी २ मंसिर । प्रहरीले डाक्टरमाथि हातपात गर्ने आफ्ना इन्सपेक्टरलाई विभागीय कारबाहीको लागि लेखी पठाउने प्रतिवद्धता जनाएपछि सुनसरी जिल्ला अस्पतालका चिकित्सकहरुको आन्दोलन फिर्ता लिएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको रोहबरमा हिजो दिनभर जिल्ला प्रशासन कार्यालयमा भएको बार्तामा घटनाप्रति प्रहरी र प्रशासन दुबैका तर्फबाट माफि माग्दै इन्सपेक्टर सन्तोषकुमार पोखरेलमाथि विभागीय कारबाही गर्ने प्रतिवद्धता जनाएका थिए ।

सुनसरीका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मुकुन्द गौतमले हिजो विहान १० बजे देखि २ बजेसम्म बसेको बार्तामा घटनामा सम्लग्न इन्सपेक्टर पोखरेललाई विभागीय कारबाही गर्ने सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

‘जिल्लाले कारबाही गर्न नमिल्दो रहेछ । त्यसैले माथिबाटै कारबाही गर्न भन्दै लेखि पठाउने निर्णय भयो । सीडीओ र प्रहरीका एसपी समेतले घटनाप्रति माफी माग्नु भयो । र चिकित्सक र अस्पतालको सुरक्षा बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । त्यसपछि चिकित्सकले पनि आन्दोलनका कार्यक्रम स्थगित गर्नुभएको छ,’ गौतमले भने ।

एम्बुलेन्सको टक्करबाट मृत्यु भएका रामप्रसाद भट्टराईलाई अस्पताल पुरयाएपछि पुगेका इन्सपेक्टर पोखरेलले शुक्रबार बेलुका सवा ६ बजे तिर चिकित्सक माथि हातपात गरेका थिए ।

रक्सीले उन्मत्त भएका पोखरेलले अस्पतालमा पुगेर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेपछि चिकित्सकहरु सुरक्षाको माग गर्दै आन्दोलन गरेका थिए । उनीहरुको आन्दोलनलाई विभिन्न चिकित्सक समूहले समर्थन गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *