औषधिको गुणस्तरमा ‘नो कम्प्रमाइज’

काठमाडौँ, ३० भदौ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले औषधिको गुणस्तरमा सरकारले कुनै ‘कम्प्रमाइज’ नगर्ने बताएका छन् । उनले औषधि मानिसको जीवनसंग सम्वन्धित विषय भएको भन्दै यसमा ‘कम्प्रमाइज’ नहुने बताएका हुन् ।

औषधि व्यवस्था विभागद्धारा आयोजित समिक्षा गोष्ठीको उदघाटन गर्दै मन्त्री पोखरेलले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति संगसंगै गुणस्तरमा कप्रमाइज नगर्ने नीति रहेको बताए ।

उनले भने ‘हाम्रो नीति स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने खालको त हुँदै हो तर औषधिको कुरा छ र मानिसको ज्यानसंगको कुरा छ त्यसैले गुणस्तरीय औषधिका पक्षमा सरकार छ चाहे त्यो स्वदेशी कम्पनीको होस या विदेशमा उत्पादित ।’ उनले गुणस्तरीय औषधि खान पाउने आम जनताको अधिकार सुरक्षित रहेको समेत बताए ।

कार्यक्रममा मन्त्री पोखरेलले गुणस्तरमा अति बढि सम्वेदनशील बन्न विभागका पदाधिकारीलाई निर्देशन दिए । उनले नयाँ संविधान अनुसार विभागले ७ वटै प्रदेशमा उपस्थिति जनाउने गरी संरचना तयार गर्न समेत निर्देशन दिए । उनले औषधिको बारेमा यसका सरोकारवालालाई समेत समेटेर गुणस्तरीय कसरी गर्ने भन्नेमा जोड दिए ।

निमित्त स्वास्थ्य सचिव डा विनोदमान श्रेष्ठले नक्कली औषधि तथा क्लिनिकल टायलका औषधिहरु आएका भन्ने हल्ला सुनिएको भन्दै त्यसमा ध्यान दिन र कडाई गर्न लागि लागि पर्नुपर्ने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले औषधिको गुणस्तर तथा मुल्यमा एकरुपता अहिलेको चुनौती भएको भन्दै त्यसमा ध्यान दिनुपर्ने सुझाव दिए ।

विभागका महानिर्देशक नारायण ढकालले बार्षिक कार्य विवरण प्रस्तुत गरेका थिए । उनले गरेका काम र हुनबाँकी कामको फेहरिस्त प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा जोश, औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य लगायतले औषधिको अवस्था विभागले गरेका र गर्नुपर्ने कामको बारेमा बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *