ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम

पोखरा, २७ भदौ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ ।

साठी वर्षभन्दा माथिका नागरिकका घरघरमा पुगेर गरिने स्वास्थ्य स्याहार कार्यक्रमको गाउँपालिकाको बडाचौरका १०२ वर्षीय मनध्वज थापाको स्वास्थ्य परीक्षणबाट शुरु गरिएको हो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अमृत पोख्रेलले थापाको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । पाँच दिनसम्म गाउँपालिकाका सबै वडामा विभिन्न स्वास्थ्यविज्ञको १२ समूह बनाएर परिचालन गरिने गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले जानकारी दिए । कार्यक्रमका लागि गाउँपालिकाका सात स्वास्थ्य केन्द्रबाट २३ स्वास्थ्यकर्मी, ३६ महिला स्वास्थ्य स्वयंसेवी, २९ प्रतिनिधि र पाँच विषयगत कार्यालयका गरेर ९३ जना जनशक्ति परिचालन गरिएको छ ।

स्वास्थ्य परीक्षण गरिसकेपछि दुई दुई महिनामा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने तथा अस्पताल जान नसकेकाहरुलाई स्वास्थ्य शिविरमा उपचार गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ६० वर्ष उमेर पुगेका एक हजार ७११ जना छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *