महोत्तरीमा ५२ जना एचआइभी संक्रमित

गौशाला, ३१ असार । आव २०७३/०७४ मा महोत्तरी जिल्लामा एचआइभी संक्रमित व्यक्ति ५२ जना रहेको विवरण सार्वजनिक गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले वार्षिक समीक्षा गोष्ठीका क्रममा शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार आव ०७३/७४ को असारसम्ममा एचआइभीबाट संक्रमित व्यक्तिको संख्या ५१ जना पुगेको छ । आव ०७२/७३ मा भने जिल्लामा १० पुरुष, ११ महिला र तीन बालक गरी २४ जना व्यक्ति एचआइभीबाट संक्रमित थिए ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा नागेन्द्र यादवका अनुसार जिल्लाका विभिन्न गाउँका २९ पुरुष, १८ महिला, एक गर्भवती र तीन बालक एचआइभीबाट संक्रमित छन् । एचआइभी संक्रमित सबै जनाले जिल्ला स्वास्थ्य कार्यालयबाट एआरटी ९औषधोपचार० सेवा लिइरहेका छन् ।

गत आवमा संक्रमित २४ जनामध्ये गत पुसमा एक जनाको मृत्यु भएको जनाइएको छ । कार्यक्रममा सहभागी स्थानीय विकास अधिकारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, सञ्चारकर्मीलगायत प्रतिनिधिले जिल्लामा एचआइभी संक्रमणले भयावह रुप लिइरहेको निष्कर्ष निकाल्दै यसको संक्रमणलाई रोक्न सबैले आआफ्ना तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता प्रकट गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *