हड्डी र दाँत बलियो बनाउन खानुहोस् यी चीज

- नेपाली हेल्थ

पनीर : पनीरमा प्रसस्त मात्रामा क्याल्सियम हुन्छ । यसको सेवनले शरीरमा क्याल्सियमको कमी हुनबाट बचाउँछ । र हड्डी र दाँत बलियो बनाउन मद्दत गर्छ ।

दही : खानामा नियमित दहीको सेवन गर्नाले यसमा भएको तत्वले हड्डी र दाँतलाई मजबुत बनाउँछ । एक कप दहीमा ४५० मिग्रा क्याल्शिियम हुन्छ । त्यसैले दहीको नियमित सेवन गर्नु फाइदाजनक हुन्छ ।

गुँड : गुँडमा पसस्त मात्रामा फसफोरस र क्याल्सियम हुन्छ । एक कप गुँणमा ८० मिग्रा क्याल्सियम पाइन्छ । यसले हड्डी र दाँत बलियो बनाउन मद्दत गर्छ ।

दुध : दुध प्रोटीन, क्याल्सियम, चिल्लोपदार्थ हुन्छ । दुध जुनसुकै उमेरका ब्यक्तिका लागि लाभदायी हुन्छ । एक गिलास दुधमा २४० मिग्रा क्याल्सिय पाइन्छ ।

यसका साथै हड्डी र दाँत बलियो बनाउन नियमित रुपमा हरिया सागसब्जी, मौसमी फलफूल पनि खानु आवश्यक हुन्छ । यसले शरीरलाई स्वस्थ बनाउन र आवश्यक पोषक तत्व प्राप्त हुन्छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *