गर्मीमा मेवा खाँदा फाइदै फाइदा

डा. बाबुराजा अमात्य, वरिष्ठ आयुर्वेद चिकित्सक

हुन त मेवा खान कुनै समय कुर्नु पर्दैन । तर, पनि गर्मी सुरु भएपछि मेवा बढी नै खाने गरिन्छ । यो गर्मीका लागि उपयुक्त फल हो । यसले शरीरमा रहेका आग्नेय (तातो) अंगहरूमध्ये पित्तलाई शीतल बनाउँछ ।

मेवामा शीतल स्वभाव हुन्छ र यसको सेवनले तातोपनालाई सन्तुलनमा ल्याइदिन्छ । त्यही भएर पनि यसको उपभोग अन्य समयमा भन्दा पनि गर्मीमा बढी हुन्छ ।

मेवाको सबैभन्दा बढी उपभोग जन्डिसले सताएका बिरामीले गर्दा राम्रो हुन्छ । हामीमा जन्डिसले सताएका वेला मात्र मेवाको सेवन गर्नुपर्छ भन्ने धारणा छ, तर त्यो सही होइन । अन्य समयमा पनि मेवा सेवन गर्दा कलेजोलाई दह्रो र क्रियाशील बनाउन मद्दत गर्छ ।

विशेषगरी, मेवाले कलेजोमा भएको हेप्याटिक सेललाई क्रियाशील बनाउने काम गर्छ । जसले त्यहाँ भएका ब्लुरिवायिनलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
यसका साथै मेवालाई शरीरमा रगतको प्लेटलेट बढाउने औषधिमा पनि प्रयोग गरिन्छ, जसले रगतमा भएको खराबीलाई सुधार गर्न मद्दत गर्छ । साथै, यसले पाचन शक्तिलाई पनि बढाउने काम गर्छ । पाचन शक्तिलाई शक्तिशाली बनाउँदा मानिसको रोगप्रतिरोधी क्षमता बढ्छ ।

आँखाको समस्या भएका मानिसले पनि यो फल सेवन गर्नु फाइदाजनक हुन्छ । मेवामा भिटामिन ए प्रशस्त मात्रामा हुने हुँदा आँखालाई राम्रो गर्छ । मधुमेह भएका मानिसले मेवा खान हुँदैन भन्ने भ्रम छ, तर यसमा गुलियो भए तापनि ग्लुकोजको मात्रा ज्यादै कम हुन्छ ।

त्यसकारण सामान्य तरिकाले सेवन गर्दा फरक पर्दैन । मेवाले रगतलाई सफा बनाउन मद्दत गर्छ । त्यसैले रक्तशोधक (रगत सफा गर्ने) आयुर्वेदिक औषधि बनाउँदा यसको प्रयोग गरिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *