गोलभेंडाको जीन परिवर्तन गरी ‘भिटामिन-डी’ दिने प्रमुख स्रोत बनाउँदै बैज्ञानिकहरु

एउटा गोलभेंडामा दुईवटा अण्डामा पाईने जत्ति भिटामिन डी !

एजेन्सी । घाम पछि भिटामिन डीका सबैभन्दा राम्रो स्रोत माछा र दुधबाट बनेका खाद्य पदार्थ मानिन्छ । तर बैज्ञानिकहरुले पछिल्लो समय खानेकुराबाटै अर्को महत्वपूर्ण स्रोत तयार गरेका छन् । जीन परिवर्तन गर्दै उनीहरुले गोलभेडाबाट प्रयाप्त भिटामिन डी लिने स्रोत बनाएका छन् । खासगरी साकहारी सेवनकर्ताका लागि यो निकै नै महत्वपूर्ण उपलव्धी हुनसक्छ ।

हुन पनि विश्वभर भिटामिन डीको कमीबाट अर्वौ मानिस ग्रस्त छन् । भिटामिन कमीका कारण मुटु रोगदेखि क्यान्सर सम्मका समस्या देखिन सक्छन् ।

कसरी गरियो गोलभेडामा जीन परिवर्तन ?
नेचर प्लान्ट्स जर्नलमा प्रकाशित सोधका अनुसार गोलभेडामा भिटामिन डी प्रचुर मात्रामा हुने बनाउनका लागि बैज्ञानिकहरुले सीआरआईएसपीआर प्रविधिका प्रयोग गरेका छन् । सीआरआईएसपीआरको मद्धतबाट गोलभेडाको जीनोम स्ट्रक्चरमा यस्तो परिवर्तन गरे कि त्यसले गोलभेडा र उनको पातमा ७ डीएचसी कम्पोनेन्ट जम्मा हुन थाल्यो । यो कम्पोनेन्ट गोलभेडाको पातमा प्राकृतिक रुपले नै प्राप्त हुन्छ ।

त्यसले भिटामिन डी ३ बनाउने काम गर्छ ।

बैज्ञानिकहरुका अनुसार भिटामिन डी ३ ले नै भिटामिन डी को लेभल सबैभन्दा राम्रोसंग बढाउँछ ।

एउटा गोलभेडा भित्र दुईवटा अण्डामा हुने जति भिटामिन डी !

बैज्ञानिकहरुले गोलभेडा र त्यसको पातको अल्ट्राभाइलेट किरणमा एक घण्टा सुकाएका थिए । त्यसबाट एक गोलभेडामा दुई वटा अण्डा वा २८ ग्राम टूना माछामा हुने जति भिटामिन डी पाइयो ।

अनुसन्धानमा सहभागी बैज्ञानिकहरुका अनुसार जीन परिवर्तन गरिएको गोलभेडामा अल्ट्राभाइलेट किरणको सट्टा प्राकृतिक रुपमा दिईने घामको प्रकाशको पनि प्रभाव देखिएको छ ।

उनीहरुले अव यसलाई घाम लाग्ने ठाँउमै उव्जाउने तयारी गरेका छन् । त्यसबाट यसमा राखिएको ७ डीएचसी भिटामिन अर्थात डी ३ मा परिवर्तन हुन सक्छ कि सकिदैन भनेर जाँच गर्ने योजना छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *