पूर्वाञ्चलमै पहिलोपटक पेनलेस प्रसूति सेवा

मोरङ, २३ मंसिर –  सुरक्षा अस्पताल विराटनगरले पूर्वाञ्चलमै पहिलोपटक पेनलेस (दुखाइ नहुने) प्रसूति सेवा उपलब्ध गराएको छ ।

सो अस्पताल सञ्चालक डा. रम्भादेवका अनुसार पूर्वाञ्चलमै पहिलोपटक भित्र्याएको दुखाइ बिनाको प्रसूति सेवाले सुरु गरेको तीन महिनाको अवधिमा एकसय बिमारीलाई सेवा उपलब्ध गराएको छ ।

उनले भने, ‘अहिलेसम्म एकसय जनाले सो सेवा उपलब्ध लिइसकेका छन् । अस्पतालका पेन मेनेजमेन्ट विशेषज्ञ डा. शैलेशजङ्ग डाँगीले बेलायतबाट सुरु भएको सो सेवा शत्प्रतिशत सुरक्षित र विश्वसनीय रहेको उल्लेख गरे।

सो सेवा लिनुभएकी धनकुटा नगरपालिका–५ की मीना घिमिरेले सो प्रविधिबाट प्रसूति गराउँदा कुनै दुखाइ नभएको बताए । उनले भने, “प्रसूति गराउँदा कुनै दुखाइ भएन र सहज महसुस भयो ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *