समाचार

पीसीआर परीक्षण शुल्क : सरकारीमा ८०० र निजीमा १५०० रुपैयाँ बनाउने तयारी

काठमाडौँ, ५ माघ । सरकारले कोभिड १९ परीक्षण गर्ने आरटी पीसीआरको शुल्क घटाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी प्रयोगशालामा ८ सय रुपैयाँ र निजी प्रयोगशालामा एक हजार ५ सय रुपैयाँ शुल्क तोक्ने तयारी गरेको हो ।

नेकपा एस निकट निजामती कर्मचारी युनियनको स्वास्थ्य विभागीय कार्यसमिति पुर्नगठन

काठमाडौं, ५ पुस । एकीकृत नेकपा समाजवादी निकट नेपाल निजामती कर्मचारी युनियन स्वास्थ्य विभागीय कार्य समिति पुनर्गठन भएको छ । सोमबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित भेलाले समिति पुर्नगठन गरेको हो ।

खोप लगाउनका लागि १६ माघ देखि पाँच दिन विद्यालय खुल्ला गरिने

काठमाडौं ४ माघ । सरकारले १६ देखि २० माघसम्म पाँच दिन विद्यालय खोल्ने निर्णय गरेको छ । कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि विद्यालयहरु खोल्ने निर्णय भएको हो ।

स्नायू रोग सम्वन्धी पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ, ४ माघ । स्नायू रोगबारे पत्रकारले जान्नै पर्ने विषयका बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल पक्षघात संघ र नेशनल न्युरो सेन्टरको संयुक्त आयोजना मंगलबार ‘भर्चुअल’ रुपमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

आज रातीबाट लागू हुने भन्दै जिल्ला प्रशासन काठमाडौँले जारी गर्‍यो २७ बुँदे आदेश

काठमाडौँ, ४ माघ । गत ३० पुसको मन्त्रिपरिषद बैठकको आदेशलाई टेकेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज (४ माघ) राती १२ बजे देखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । कोरोना संक्रमणदर तिब्र गतिमा बढेपछि स्थानीय प्रशासनले उक्त आदेश जारी गरेको हो ।