समाचार

कोरोना बढेपछि त्रिविद्धारा सबै परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौँ, ६ माघ ।  त्रिभुवन विश्वविद्यालयले आगामी ९ माघ पछिका सम्पूर्ण परीक्षाका कार्यक्रम स्थगित गरेको छ । त्रिविको आज बसेको परीक्षा सञ्चालक समितिको बैठकले कोरोना संक्रमण बढेको भन्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्री खतिवडा जोगिए, संगै अनुगमनमा निस्केका टोली सदस्यमा कोरोना संक्रमण

काठमाडौँ, ६ माघ । गत साता प्रदेशको अनुगमनमा निस्केको स्वास्थ्य मन्त्री विरोध खतिवडाको टोली कोरोना संक्रमणमा परेको छ । यद्धपी मन्त्री खतिवडामा भने संक्रमण देखिएको छैन् ।

भारतमा थप ३ लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि

नयाँदिल्ली, ६ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप तीन लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा

कोरोनाले स्थगित भएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा २१ र २२ माघमा हुने

काठमाडौँ, ६ माघ । नेपाल मेडिकल काउन्सिलले गत ३० पुसमा सूचना जारी स्थगित गरेको स्नातकोत्तर तहको विशेष परीक्षा (विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा) आगामी २१ र २२ माघमा गर्ने भएको छ ।

कोभिडविरुद्धको खोपका लागि चीनले दियो २० लाख सिरिन्ज

काठमाडौँ, ६ माघ । कोभिडविरुद्धको खोप लगाउन चीनले २० लाख परिमाण सिरिन्ज (सुई) उपलव्ध गराएको छ । नेपालस्थित चिनियाँ दुतावासको समन्वयमा चीन सरकारले नेपाललाई सो परिमाणमा सिरिन्ज उपलव्ध गराएको हो ।

औषधि अभाव हुन नदिने उत्पादक तथा व्यवसायीको प्रतिवद्धता

काठमाडौँ, ५ माघ । कोभिड – १९ को संक्रमण बढेसंगै बजारमा सिटामोल लगायतका अत्यावश्यक औषधिको अभाव हुन थालेको छ । तर औषधि व्यवसायी

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व गर्न प्रमुख विशेषज्ञ डा. यादवलाई पठाउने निर्णय

काठमाडौँ, ५ माघ । सरकारले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामचलाउ नेतृत्व गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवलाई पठाउने निर्णय गरेको छ ।

बुधबार थपिए ११ हजार ३५२ कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौँ, ५ माघ। पछिल्लो चौबिस घण्टामा देशभर ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन पुष्टि भएको हालसम्मकै सबैभन्दा बढी हो ।

बालबालिकालाई खोप लगाउन जाँदा बाटो हिउले पुरिएपछि…….

काठमाडौँ, ५ माघ । सामाजिक सञ्जालमा आज विहानै देखि एउटा फोटो भाइरल भएको छ । फोटोमा भ्याक्सिन क्यारियर बोकेर मुस्किलसंग हिउ छिचोल्दै एक महिला अघि बढी रहेको देखिन्छ ।