डा. भोला रिजालको टोलीद्धारा सप्तरीको तिलाठीमा उपचार सुरु

0
Shares

सप्तरी २८ साउन –  डाक्टर भोला रिजाल सहितका विशेषज्ञ चिकित्सकहरुको टोलीले सप्तरीको तिलाठी पुगि बाढीपीडित जनताको स्वास्थ्य उपचार सुरु गरेको छ ।

14010068_1147972795264176_852693922_n

तिलाठीका स्थानीयहरुले विशेषज्ञ चिकित्सकको माग गरेपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा डाक्टर रिजाल सहित १५ जनाको चिकित्सकटोली शुक्रबार विहानै तिलाठी पुगेको हो । त्यसअघि अत्यावश्यक औषधि सहितको एक टोली विहीबार नै तिलाठी पुगिसकेको थियो ।

टोलीको समन्वय गरिरहेका बरिष्ठ छालारोग विशेषज्ञ डा अनिलकुमार झाले शुक्रबार विहान ९ बजेबाट विशेषज्ञहरुले उपचार सुरु गरेको बताए । उनले शनिबार सम्म चल्ने शिविरमा १ हजार ५ सय बढी सर्बसाधारणले उपचार सेवा लिने अनुमान रहेको बताए ।

बाढीपीडित नेपाली जनताका लागि शिबिर लक्षित गरिएपनि विशेषज्ञ टोली आएको थाह पाएपछि सिमाक्षेत्रका गाउबाट ठूलो संख्यामा भारतीयहरु समेत उपचारका लागि आएका छन् ।

14011905_1147973018597487_1634999523_n

तिलाठीका नागरिक अगुवा मधुकान्त झाले शुक्रबार परीक्षणका लागि आएका मध्ये झण्डै २५ प्रतिशत भारतीय नागरिकहरु रहेको बताए । शिविरमा मेडिसिन, नाक,कान, घाँटी, हाडजोर्नी , प्रशुति तथा स्त्रीरोग, दन्त चिकित्सक , छाला लगायतका रोगको परिक्षण सहित उपचार गरिएको छ ।

तिलाठीका स्थानीय बासिन्दा समेत रहेका प्राडा अनिलकुमार झाको संयोजनमा चलेको सिविरमा डा रिजालका अलावा, विशेषज्ञ डा झा, विशेषज्ञ डाक्टर निरज पन्त, डाक्टर रमेश सत्यन, डाक्टर रमेश सिह, डाक्टर सुलक्षना, डाक्टर प्रमेष कोईराला, डाक्टर बिजेन्द्र अधिकारी , डाक्टर स्वेछा थपलिया, डाक्टर विनु, आस्नि श्रेष्ठ, बीरेन्द्र यादव लगायतले उपचार गरिरहेका छन् ।

13989590_1147972855264170_714465836_n

शुक्रबारको सिविरमा तिलाठी घटनामा घाइते भएका देव नारायण यादव पनि उपचारका लागि पुगेका थिए । उनले तिलाठीमा अहिलेको विशेषज्ञहरु आएर उपचार नभएको प्रतिक्रिया दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *