ई-सिगरेटलाई पूर्ण प्रतिवन्ध लगाउनु पर्छ : सांसद पौडेल

0
Shares

काठमाडौँ, ३० चैत । नेपाली कांग्रेसका नेता समेत प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले इलेक्ट्रोनिक सिगरेटलाई नेपालमा पूर्ण प्रतिवन्ध लगाउनु पर्ने बताएका छन् ।

शुक्रबार ह्याम्स अस्पतालले आयोजना गरेको स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशलाई हानी हुने जानकारी हुँदाहुँदै राज्यले के फाइदाका आधारमा आयात गरिरहेको छरु भन्दै प्रश्न गरे।

उनले स्वास्थ्यमा हानी पुर्‍याउयने कुनै पनि सामग्रीको आयातमा प्रतिबन्ध लगाउन जरुरी रहेको बताए।

उनले नेपाली नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्ने बारेमा राज्यले विशेष चासो दिनुपर्ने बताए।

युवाहरु मद्यपान र धुम्रपानमा बढी रुमल्लीरहेको अवस्थालाई नियन्त्रण गर्न कानुनबाटै निषेध गर्न जरुरी रहेको उनको भनाइ छ।

नेता पौडेलले कानूनबाटै कडा भएर अघि बढ्नसके धेरै समस्याहरु समाधान हुने जिकिर गरे।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *