चिनियाँको औषत आयु बढ्यो

0
Shares

बेइजिङ, ६ साउन –  चिनियाँ नागरिकको औषत आयु बढेको समाचार छ । सन् २०१० पछि चिनियाँ नागरिकको औषत आयु बढेको पाइएको छ ।

सन् २०१५ मा गरिएको सर्वेक्षणमा चिनियाँ नागरिकको आयु दर बढेर ७६.३४ वर्ष पुगेको पाइएको छ । सन् २०१० को तुलनामा यो आयु बढेको हो ।

सन् २०१० को तुलनामा गरिएको सर्वेक्षणमा सन् २०१५ मा १.५ वर्ष बढेको हो । बिहीबार सार्वजनिक गरिएको तथ्यांकमा सो जानकारी दिइएको छ ।

साथै चीनमा शिशु मृत्युदरमा पनि कमी आएको छ । सन् २०१४ मा यो ०.८९ जना रहेकोमा सन् २०१५ मा यसमा कमी आएर ०.८१ जना पुगेको छ ।

शिशु मृत्युदरजस्तै चीनमा मातृमृत्यु दरमा पनि कमी आएको छ । मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा २१.७ रहेकोमा यसमा कमी आई २०.१ पुगेको छ ।

मातृमृत्यु दर एक लाखमा मापन गरिन्छ । बच्चा जन्माउने प्रतिएक लाख आमामा कतिजना मर्छन् भनेर मापन गर्ने गरिन्छ ।

यसरी हेर्दा हाल चीनमा एक लाख आमाले बच्चा जन्माउदा २०.१ जना आमाको मृत्यु हुने गरेको छ । यो सन् २०१५ को तथ्याङ्क हो । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *