उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्वस्थ

काठमाडौँ, २३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्वस्थ भएका छन् । हिजोदेखि नै बिसञ्चो भएपछि निवासमै आराम गरेर बसेका यादवलाई आज वीर अस्पताल भर्ना गरिएको छ । यादवको वीर अस्पतालको भीआइपी कक्षमा उपचार भइरहेको छ।
यादवलई विहानैदेखि जिउ दुख्ने र रिगंटा लागेपछि उपचारको लागि वीर अस्पताल लगिएको उनको निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालले जानकारी दिए ।
उनको सिटीस्कान एमआरआइ गरिएको र आवश्यक ल्याब परीक्षण कार्य पनि भइरहेको बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




