उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्वस्थ

काठमाडौँ, २३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्वस्थ भएका छन् । हिजोदेखि नै बिसञ्चो भएपछि निवासमै आराम गरेर बसेका यादवलाई आज वीर अस्पताल भर्ना गरिएको छ । यादवको वीर अस्पतालको भीआइपी कक्षमा उपचार भइरहेको छ।
यादवलई विहानैदेखि जिउ दुख्ने र रिगंटा लागेपछि उपचारको लागि वीर अस्पताल लगिएको उनको निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालले जानकारी दिए ।
उनको सिटीस्कान एमआरआइ गरिएको र आवश्यक ल्याब परीक्षण कार्य पनि भइरहेको बताइएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

