अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

112
Shares

काठमाडौँ, १९ भदौ । कालीकोटमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।

हप्ता दिनसम्म ज्वरो निको नभएपछि ११ कोष टाढा रास्कोट नगरपालिका, शान्नीत्रिवेणी गाउँपालिका लगायतका स्थानीय तहबाट बिरामी जिल्ला अस्पताल आउन थालेका छन् ।

भाइरल ज्वरोका बिरामीको चाप बढेपछि अस्पतालमा बेडको पनि अभाव हुन थालेको छ । आइतबार इमर्जेन्सी वार्डमा बेड अपुग हुँदा बेन्च राखेर बिरामीको उपचार थालिएको अस्पतालले जनाएको छ ।

बिरामी दैनिक दुई सयको हाराहारीमा अस्पताल आउनेगरेका छन । वीरामीको चाप बढ्दै गएपछि अस्पतालमा बेडको अभाव हुन थालेको छ ।

इमरजेन्सी वार्डमा बिरामीको चाप निकै बढिरहेको छ । आइतबार दुई सय नजिक बिरामीले ओपिडी सेवा लिएका थिए भने त्यसमा ज्वरोका मात्र एकसय बिरामी रहेको अस्पतालका चिकित्सकको भनाइ छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *