अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

काठमाडौँ, १९ भदौ । कालीकोटमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।
हप्ता दिनसम्म ज्वरो निको नभएपछि ११ कोष टाढा रास्कोट नगरपालिका, शान्नीत्रिवेणी गाउँपालिका लगायतका स्थानीय तहबाट बिरामी जिल्ला अस्पताल आउन थालेका छन् ।
भाइरल ज्वरोका बिरामीको चाप बढेपछि अस्पतालमा बेडको पनि अभाव हुन थालेको छ । आइतबार इमर्जेन्सी वार्डमा बेड अपुग हुँदा बेन्च राखेर बिरामीको उपचार थालिएको अस्पतालले जनाएको छ ।
बिरामी दैनिक दुई सयको हाराहारीमा अस्पताल आउनेगरेका छन । वीरामीको चाप बढ्दै गएपछि अस्पतालमा बेडको अभाव हुन थालेको छ ।
इमरजेन्सी वार्डमा बिरामीको चाप निकै बढिरहेको छ । आइतबार दुई सय नजिक बिरामीले ओपिडी सेवा लिएका थिए भने त्यसमा ज्वरोका मात्र एकसय बिरामी रहेको अस्पतालका चिकित्सकको भनाइ छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

