नेपालमा डेंगु संक्रमितको सख्या २१ हजार नाघ्यो

काठमाडौँ, १५ भदौ । नेपालमा डेंगु संक्रमितको संख्या २१ हजार नाघेको छ । पछिल्लो समय देशका ७५ वटा जिल्लामा डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको छ ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्यांक अनुसार गएको आठ महिनाको अवधिमा २१ हजार २०६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
नेपालमा गत जनवरीयता हालसम्मको अवधिमा डेंगु संक्रमणका कारण १३ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
त्यस्तै, सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा १६ हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसपछि बागमती प्रदेशमा ३ हजार १४६ जनामा पुष्टि भएको छ भने तेस्रोमा गण्डकी प्रदेशमा ६४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश ५९८, लुम्बिनी प्रदेश ३६४, मधेस प्रदेशमा १९१ र कर्णाली प्रदेशमा ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
डेंगु संक्रमित एक सयभन्दा बढी पुष्टि भएका १० वटा जिल्ला रहेका छन् । १० जिल्ला मध्ये सबैभन्दा बढी सुनसरी जिल्लामा ११ हजार ६५९ जना संक्रमित भएको महाशाखाले जनाएको छ ।
मोरङमा २ हजार २४२, धनगडीमा २ हजार १०१, झापामा १ हजार ३२३ , काठमाडौँमा ४२७, धनकुटामा ३३६, सङ्खुवासभा २७२, कास्की २६०, दार्चुलामा १९४ र ललितपुरमा १७४ जनामा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

