नेपालमा डेंगु संक्रमितको सख्या २१ हजार नाघ्यो

120
Shares

काठमाडौँ, १५ भदौ ।  नेपालमा डेंगु संक्रमितको संख्या २१ हजार नाघेको छ ।  पछिल्लो समय देशका ७५ वटा जिल्लामा डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्यांक अनुसार गएको आठ महिनाको अवधिमा २१ हजार २०६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

नेपालमा गत जनवरीयता हालसम्मको अवधिमा डेंगु संक्रमणका कारण १३ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।

त्यस्तै, सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा १६ हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसपछि बागमती प्रदेशमा ३ हजार १४६ जनामा पुष्टि भएको छ भने तेस्रोमा गण्डकी प्रदेशमा ६४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश ५९८, लुम्बिनी प्रदेश ३६४, मधेस प्रदेशमा १९१ र कर्णाली प्रदेशमा ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

डेंगु संक्रमित एक सयभन्दा बढी पुष्टि भएका १० वटा जिल्ला रहेका छन् । १० जिल्ला मध्ये सबैभन्दा बढी सुनसरी जिल्लामा ११ हजार ६५९ जना संक्रमित भएको महाशाखाले जनाएको छ ।

मोरङमा २ हजार २४२, धनगडीमा २ हजार १०१, झापामा १ हजार ३२३ , काठमाडौँमा ४२७, धनकुटामा ३३६, सङ्खुवासभा २७२, कास्की २६०, दार्चुलामा १९४ र ललितपुरमा १७४ जनामा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *