बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त

408
Shares

काठमाडौँ, ११ भदौ । लामो समयदेखि रिक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले कार्यकारी निर्देशक पाएको छ। आइतबार राती सम्पन्न अस्पताल सञ्चालक समितिको बैठकले रेडिसियन अंकोलोजिष्ट डा. शिवजी पौडेललाई तीन वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सो अस्पतालमा गत २४ बैशाख देखि कार्यकारी निर्देशक पद रिक्त थियो।

यसअघि सञ्चालक समितिले कार्यकारी निर्देशकको नाम सिफारिस गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । सो समितिमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको रुपमा डा. मदनकुमार उपाध्यक्ष र अध्यक्षले तोकेको प्रतिनिधिको रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. दिनेश विश्वकर्मा सदस्य थिए ।

सो समितिले आइतबार नै डा. पौडेल सहित डा. कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । सिफारिस भएका नाममध्ये अस्पताल सञ्चालक समितिले डा. पौडेललाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो ।

डा. पौडेल नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष समेत हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *