खेलकुद मन्त्री लिम्बुलाई डेंगी संक्रमण, वीरको भीआईपी कक्षमा भर्ना

132
Shares

काठमाडौँ, ९ भदौ । युवा तथा खेलुकुद मन्त्री डिगबहादुर लिम्बु डेंगी संक्रमणमा परेका छन् । उनको वीर अस्पतालमा उपचार सुरु भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतका अनुसार ज्वरोले ग्रस्त भएका लिम्बुलाई आज विहानै वीर अस्पतालमा ल्याइएको थियो । परीक्षणका क्रममा उनलाई डेंगी संक्रमण भएको पत्ता लागेको थियो ।

उनको अहिले वीर अस्पतालको भीआईपी कक्षमा भर्ना गरी उपचार सुरु गरिएको हो ।

भीआईपी तथा भीभीआईपीहरुको उपचार देशमै गर्ने बातावरण मिलाउने भन्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत महिना वीरमा थप दुईवटा भीआईपी कक्ष र एउटा भिभिआईपी कक्ष थप गरेका थिए ।

अहिले त्यहाँ दुईवटा भीभीआईपी र तीनवटा भीआईपी कक्ष रहेको छ । लिम्बु वीरमा विस्तार भएको भीआईपी कक्षको पहिलो विरामी भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *