मोरङमा बेपत्ता शिशुको उद्धार, बिक्री गरेको आरोपमा डाक्टर सहित ६ जना पक्राउ

काठमाडौँ, ५ भदौँ । विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ बाट प्रहरीले मंगलबार शिशुको उद्धार गरेको छ, शिशुको अवस्था सामान्य छ ।
शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण सिहत ६ जनालाई आज पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डा कर्णकै संलग्नतामा ५० हजार रुपैयाँमा शिशु बिक्री गरेको देखिएको प्रहरीको दाबी छ ।
पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ व्यक्तिहरू
१. जिल्ला भोजपुर, हतुवागढी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २७ को गोविन्द राई
२. जिल्ला मोरङ, विराटनगर महानगरपालिका वडा नं.२ घर भई दिपेश मेडिकल हल संचालक बर्ष ६८ को डा. तपेश्वर लाल कर्ण
३. जिल्ला मोरङ, बिराटनगर महानगरपालिका वडा नं.९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत बर्ष ३३ की सुधा राजवंशी
४. जिल्ला मोरङ, कटहरी गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४६ की दिलमाया राजबंशी
५. जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष ३० को सुर्य नारायण राजवंशी
६. जिल्ला सिराहा, कल्याणपुर नगरपालिका वडा नं. १२ वस्ने वर्ष ३८ की निर्मला यादव
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



