प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु

काठमाडौँ, ५ भदौ । प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सेवा सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सेवा सुरु भएको अस्पतालका निर्देशक डा रामनरेश पण्डितले जानकारी दिए ।
लामो समयदेखि जनशक्तिको अभावले मुटुको परीक्षण गर्ने इन्डोस्कोपी मेसिन थन्किएकोमा शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सक डा निश्चल साह आएपछि मुटुको उपचारसम्बन्धी सेवा सुरु भएको डा पण्डित बताए । ओपिडी सेवा आइतबारदेखि शुक्रबारसम्म हुने भएको पनि प्रादेशिक अस्पतालले जनाएको छ ।
अहिले जनशक्ति आएसँगै सेवा सुरु भएपछि उपचार गराउन आएका ५० वर्षीय दुखी यादवले खुसी प्रकट गरे । मुटुको सम्पूर्ण अवस्थाका विषयमा इसीजी तथा इन्डोस्कोपी गरेर जानकारी लिन सकिने डा निश्चल साहले बताए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

