प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु

144
Shares

काठमाडौँ, ५ भदौ । प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सेवा सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सेवा सुरु भएको अस्पतालका निर्देशक डा रामनरेश पण्डितले जानकारी दिए ।

लामो समयदेखि जनशक्तिको अभावले मुटुको परीक्षण गर्ने इन्डोस्कोपी मेसिन थन्किएकोमा शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सक डा निश्चल साह आएपछि मुटुको उपचारसम्बन्धी सेवा सुरु भएको डा पण्डित बताए । ओपिडी सेवा आइतबारदेखि शुक्रबारसम्म हुने भएको पनि प्रादेशिक अस्पतालले जनाएको छ ।

अहिले जनशक्ति आएसँगै सेवा सुरु भएपछि उपचार गराउन आएका ५० वर्षीय दुखी यादवले खुसी प्रकट गरे । मुटुको सम्पूर्ण अवस्थाका विषयमा इसीजी तथा इन्डोस्कोपी गरेर जानकारी लिन सकिने डा निश्चल साहले बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *