त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किए राष्ट्रपति पौडेल

136
Shares

काठमाडौँ, ३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएर निवास फर्केका छन् ।

राष्ट्रपति पौडेलले आइतबार बिहान महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा नियमित परीक्षण गराएका हुन् ।

राष्ट्रपति पौडेल मुटुको नियमित परीक्षणका लागि अस्पताल गई फर्किसकेको उनको सचिवालयले जनाएको छ ।

गत ५ असारमा राष्ट्रपति पौडेलको मुटुको सल्यक्रिया गरी स्थायी पेस मेकर राखिएको थियो । मुटुको उपचारका लागि झण्डै दुई साता अस्पताल भर्ना भई राष्ट्रपति पौडेल १३ असारमा डिस्चार्ज भएका थिए । यस अघि उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्समा पनि उपचार गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *