विवरण फरक परे सीटीईभीटी नै जवाफदेही हुने भन्दै आयोगले तोक्यो १९६ कलेजको सिट

740
Shares

काठमाडौँ, २ भदौ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) अन्तर्गत चिकित्सा शिक्षा तर्फ प्रमाणपत्र तहका कार्यक्रम सञ्चालन गर्ने १९६ वटा कलेजलाई शैक्षिक शत्र २०८०/०८१ लागि सिट निर्धारण गरेको छ । आयोगको गत ३२ साउनमा बसेको कार्यकारी समितिको बैठकले सिट निर्धारण गरेको हो ।

यसअघि आयोगले ४ साउनमा प्रमाणपत्र तहको चिकित्सा शिक्षा अध्यापन गराउने सीटीईभीटी अन्तरगर्तका २४ वटा कलेजलाई सिट निर्धारण गरिदिएको थियो । सिटकै विषयलाई लिएर आयोग र सीटीईभीटीबीच द्धन्द्ध बढेको थियो । एक अर्काले एक अर्कामाथि आफ्नो अधिकारमा धावा बोलेको आरोप लगाएका थिए ।

बैठक पछि आयोगले विहीबार जारी गरेको सूचनामा सीटीईभीटीबाट प्राप्त पत्रका आधारमा थप कलेजहरुलाई सिट निर्धारण गरिदिएको जनाएको छ । उसले भनेको छ गत २१, २८ र २९ साउनमा प्राप्त पत्रका आधारमा सिट निर्धारण गरिएको हो । उसले सूचनामा सीटीईभीटीले पत्रसंगै पेश गरेको विवरणमा फरक परेमा स्वयं सीटीईभीटी जवाफदेही हुने बताएको छ ।

आयोगको यो शव्दले सीटीईभीटीले तोकेर पठाएको सिट संख्यालाई आयोगले प्रमाणित गरिदिएको स्पष्ट भएको छ ।

यसअघि आयोग र सीटीईभीटीबीचको द्धन्द्धले प्राविधिक शिक्षा पढ्ने विद्यार्थी, पढाउने कलेज सञ्चालक र अभिभावक समेत अलमलमा परेका थिए । यसको चौतर्फी आलोचना समेत भएको थियो ।

यी हुन् पछिल्लो पटक सिट निर्धारण गरिएका १९६ कलेजहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *