नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिने सातौँ नाम दर्ता परीक्षा भदौको तेस्रो साता

200
Shares

काठमाडौँ, ३० साउन । नेपाल स्वास्थ्य व्यवसायी परिषदले सातौँ नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी १५ देखि २० भदौसम्म सञ्चालन गर्ने भएको छ ।

परिषद्को सोमबार बसेको परीक्षा समितिको बैठकले स्नातकोत्तर तह, स्नातक तह र प्रमाणपत्र तहको नाम दर्ता परीक्षा आगामी भदौको तेस्रो साता गर्ने निर्णय गरेको हो ।

परिषद्ले परीक्षा तालिका, प्रवेश पत्र, परीक्षा केन्द्र र यसबारेका अन्य जानकारी पछि वेवसाइट तथा फेसबुकबाट जानकारी गराउने समेत बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *