शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो अंगदान दिवस


काठमाडौँ, २८ साउन । मस्तिष्क मृत्यु पश्चात हुने अंग दानबाट प्रत्यारोपणसम्बन्धी जानकारी गराउने उद्देश्यका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अंगदान दिवस मनाएको छ।

भक्तपुर नगरपालिकका नगर प्रमुख सुनिल प्रजापतीको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाका चारवटै नगरपालिका नगर प्रमुखहरु र वडा अध्यक्षको उपस्थितिमा एक कार्यक्रममको आयोजना गरी विश्व अंगदान दिवस भव्य रुपमा मनाएको हो।

पश्चिमा मुलुकमा मस्तिष्क मृत्यु पश्चात प्राप्त अंगबाट ७० प्रतिशत भन्दा बढी प्रत्यारोपण हृुने गरेकोमा सार्क राष्ट्रहरुमा मस्तिष्क मृत्यू पश्चात हुने अंग दान तथा प्रत्यारोपण कम मात्रामा हुने गरेको छ। हाम्रो जस्तो गरीब मुलुकमा जिवित व्यक्तिबाट अंग निकाली अर्को व्यक्तिमा अंग प्रत्यारोपण गर्नु पर्दा दोहोरो खर्च हुने हुँदा बढी खर्चिलो पर्न गएको छ।

यदि मस्तिष्क मृत्यू पश्चात हुने अंग दानबाट प्रत्यारोपण हुन सकेमा खर्च कम हुनका साथै जिवित व्यक्तिबाट अंग झिक्न नपर्दा उसको स्वस्थ्यमा आउन सक्ने समस्या नरहने केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए। साथै केन्द्रका भौतिक संरचना विकास र सेवा विस्तारको लागि पायक पर्ने स्थानमा आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिका भित्रका सबै तहलाई अनुरोध समेत गरे।

प्रत्येक १० जनामध्ये १ जनलाई मिर्गौला रोग लाग्ने गर्दछ र विश्वभरी नै मिर्गौला रोगको प्रकोप बढीरहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउन पर्ने आवश्यक छ। नेपालमा वर्षेनी करीब ३,००० जनाको मिर्गौला फेल हुने गरेको र उनीहरुमध्ये केहीको अंग नपाएर अकालमा मृत्यु हने गरेको केन्द्रका प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा कल्पना कुमारी श्रेष्ठले बताइन्।

विश्व अंगदान दिवसलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरभित्र अंगदान सम्बन्धमा व्यापक जनचेतना जगाउन आफूले प्रयास गर्ने र अंगदानको क्षेत्रमा एउटा नमुना नगरपालिकाको रुपमा स्थापति हुने कुरा व्यक्त गर्दै नेपाली जनतालाई सर्भसुलभ रुपमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न भक्तपुर नगरमा रहेका स्वास्थ्य संस्थाको विकासमा सधैं सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको समेत उल्लेख गरे।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *