डेंगु संक्रमणबाट जोगिन अपनाउँ यी उपाय

116
Shares

काठमाडौँ, २८  वैशाख । काठमाडौँ लगायत देशका धेरै भागमा डेंगुको संक्रमण बढ्दै गएको छ । ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा पछिल्लो आठ महिनाको अवधिमा देशभर डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ। जसमध्ये आधा भन्दा बढी सुनसरी जिल्लाका रहेका छन्।

यसको रोकथाम र नियन्त्रणका लागि अब सबै पक्ष लाग्नु जरुरी छ । किनभने फैलिरहेको प्रकोप रोक्न स्वास्थ्यकर्मीले मात्रै गरेको प्रयास प्रयाप्त नहुन सक्छ ।

त्यसकारण सम्पूर्ण जनप्रतिनिधि, समाजसेवी, महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी, स्थानीय संघ संगठन लगायतका व्यक्तित्वहरुको सामाजिक परिचालन गर्न आवश्यक देखिन्छ ।

डेंगुका लक्षणहरु :
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५-७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् :

 असाध्यै टाउको दुख्ने ।
 आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
 ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
 शरीरमाविमिरा आउने ।
 वाक्वाकी लाग्ने वान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने बेहोश हुने आदि जटिल लक्षणहरु पनि देखा पर्न सक्छ ।

रोकथामका उपायहरू :

  • पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला फुलदानी खाली बट्टा अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु गाडीको काम नलाग्ने टायर, बाहिर फालिएका प्लास्टिकको बोतल तथा भाडा, आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।
  •  पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
  • फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्नुपर्छ ।
  • दिउँसो बाहिर टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ।
  • सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छस साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ ।
  • घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
  • घर वरिपरि सफा सुग्घर राख्ने पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *