देशभर ७ हजार ७ सय भन्दा बढीमा डेंगी संक्रमण, ७ जनाको मृत्यु

124
Shares
Dengu

काठमाडौँ, २२ साउन । पछिल्लो आठ महिनाको अवधिमा नेपालमा डेंगी संक्रमितको संख्या ७ हजार ७ सय ३३ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगी संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा ७ जना डेंगी संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।

यसवर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।

नेपालमा सन् २००४ देखि डेंगी देखिन थालेको हो । पहिलो वर्ष एउटा केस भेटिएकोमा गतवर्ष २०२२ मा सबैभन्दा बढी अर्थात कुल ५४ हजार ७८४ मा डेंगी देखिएको थियो ।

लामखुट्टेको टोकाईबाट सर्ने डेंगी रोगका लागि भदौ असोजसम्म मौसम समेत अनुकुल हुने बताइन्छ । डेंगी रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय हो ।

सरकारले डेंगी प्रभावित क्षेत्रमा लामखुट्टेविरुद्धको खोज र नष्ट गर अभियान सञ्चालन गर्न आव्हान समेत गर्दै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *